विपरीत दिशाबाट आइरहेका बस ठोक्किए

५ बैशाख २०८०, मंगलवार १५:०५

आज बिहान भएको पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

प्रान्तको सुक्कुर जिल्लामा विपरीत दिशाबाट आइरहेका दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु र अन्य २५ जना घाइते भएका छन्।

राष्ट्रिय राजमार्गमा द्रुत गतिमा पञ्जाबतर्फ गइरहेको एक बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई नजिकैको अस्पताल लगिएको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ।