समिक्षा भन्छिन्,चलचित्रको कथा जस्तै भयो मेरो जीन्दगी

५ बैशाख २०८०, मंगलवार १४:४९

गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भयो भनेकी छन्।

आइतबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन्।

उनले लेखेकी छिन्, कुनै पनी घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ। अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन्। अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको। चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ।ु

उनले आफूले मन भित्रको बह पोख्न खोज्दा हासोको पात्र बनाइएको पनि बताएकी छिन्।

ुअगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन। मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु। आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु। ए मेरो पनी भावना छ तपाईको जस्तै,ु उनले भनेकी छिन्,ुमेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ,पोल्छ। लाग्छ अब त मेरा हरकुरा अर्थ हिन हुन जस्तो। म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै। पर्दामा देखीएका हरेक कुरा सहि हुदैनन। सत्यता त मनमै अड्किएर बसेको हुन्छ।