भोलिदेखि ड्राइभिङ लाइसेन्स अनलाइन आवेदन दिन सकिने

४ बैशाख २०८०, सोमबार १४:४८

यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन सेवा भोलि सोमबारदेखि सञ्चालनमा आउने भएको हो ।

एक सूचना प्रकाशित गर्दै विभागले सोमबार साँझ ५ बजेदेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन आवेदन दर्ता प्रणाली सुचारु हुने जानकारी दिएको छ ।

विभागले सञ्चालन गरिरहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी ईडीएलभीआरएस प्रणालीको डेटाबेस सर्भरमा समस्या आउँदा पाँच दिनदेखि सेवा अवरुद्ध भएको थियो

सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गत रहेको सरकारी डेटा सेन्टरमा उक्त सर्भर राखिएको छ । डेटाबेस सर्भरमा देखिएको समस्याका कारण सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा प्रभावित भएको थियो ।