प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’ मा समस्या आएको छ । प्राविधिक समस्याका कारण हिजोदेखि सो सेवा स्थगित भएको बताइएको छ ।
आज सूचना प्रकाशित गर्दै प्रहरीले प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र र अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध सिर्जना भएको जानकारी दिएको हो । साथै, यसबाट सेवाग्राहीमा गर्न गएको असुविधाप्रति क्षमाप्रार्थी समेत मागिएको छ ।
