दुबईमा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु

३ बैशाख २०८०, आईतवार ११:५७

दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

सहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको हुँदा आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।