चुनाव नजिकिएसंगै रास्वपा प्रति बढ्यो जनताको आकर्षण

३ बैशाख २०८०, आईतवार १०:२२
वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मतदाताहरुको आकर्षण बढेको देख्न सकिन्छ ।
चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा यही वैशाख १० गते उपनिर्वाचन हुँदै छ । उक्त क्षेत्रहरुमा रास्वपाका सभापति रवि लामिछाने, नेताहरु डा. स्वर्णिम वाग्ले र रमेश खरेलले अन्य दलहरुका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्दै छ्न् । चितवन २ बाट रवि लामिछाने, तनहुँ १ बाट डा. स्वर्णिम वाग्ले र बारा २ बाट रमेश खरेल चुनावी मैदानको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
चितवन २ : गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा चितवन २ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको थियो । लामिछानेको सांसद पद खोसिएपछि रिक्त रहेको उक्त स्थामनमा उपनिर्वाचन हुन लागेको हो ।
तनहुँ १ : गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा तनहुँ १ निर्वाचन क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका थिए । उनी गत फागुन २५ गते रास्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त स्थामनमा उपनिर्वाचन हुन लागेको हो ।
बारा २ : गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा बारा २ निर्वाचन क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार जसपाका नेता रामसहाय प्रसाद याद विजयी भएका थिए । उनी गत चैत ३ गते उप रास्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त स्थामनमा उपनिर्वाचन हुन लागेको हो ।
यी तीन वटै क्षेत्रहरुमा अन्य दलहरुका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुको भन्दा रास्वपाका उम्मेदवारहरु प्रति मतदाताहरु बढी उत्साहित भएको देखिन्छ । उक्त तीनवटै क्षेत्रहरुमा रास्वपाले सजिलै विजयी प्राप्त गर्छ भन्न यसै सकिन्न । तर विजयी प्राप्त गर्न सक्ने सम्भावना भने बढी देखिन्छ ।