भारतमा कोरोना संक्रमितको शङख्या बढ्यो

२ बैशाख २०८०, शनिबार १४:१०

भारतभर २४ घन्टामा १० हजार सात सय ५३ जना कोरोनाका संक्रमित थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्यमा सुधार भई घर फर्केका छन् ।

हालसम्म ४ करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।