भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण गर्दा मृत्यु भएका बिरामीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ ।
केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग गरेको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले १९ चैतमा मन्त्रालयलाई पत्र पठाउँदै २० लाख रुपैयाँ उपलब्ध गराउन भनेका छन् ।
काभ्रेका कुमार लामाको कलेजो प्रत्यारोपणका क्रममा गत असार २२ गते मृत्यु भएको थियो । लामाका लागि मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो दान लिइएको थियो ।
