
एक युवती ब्राउन सुगर सहित झापाको मेचीनगर नगरपालिका–१३ स्थित धाईजन चोकबाटलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीया अनुजा राजबंशी हुन् । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइन बरामद गरेको झापाका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । युवतीलार्ई ईलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ ।
अनुजाकी आमा ५ महिनाअघि झापा कारागारमा थिइन् । लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेकी आमालाई भेट्न जाँदा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुजाबारे निगरानी बढाएको थियो ।
