प्रदर्शनकारीमाथि गोली चल्यो : एक जना घाइते

२९ चैत्र २०७९, बुधबार १६:५९

 

रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् ।

प्रहरीको गोली लागेर गजेन्द्र घाइते भएको दीपकले बताएका छन् । गोली यादवको काँखीमा लागेको बताइएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भएपनि गोली लागे नलागेको यकिन नभएको बताए ।

घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ ।