छथर गाउँपालिका–६ सुदाप बस्न्े ६२ वर्षीय गोपाल गुरुङले २२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
