इजरायलको प्रलोभन देखाएर ठगी गर्ने युवक पक्राउ

२९ चैत्र २०७९, बुधबार १५:००

‘इजरायल पठाइदिन्छु’ भन्दै लाखौँ ठगी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले बर्दियाको खैरापुर घर भइ काठमाडौंको लाजिम्पाटमा बस्दै आएका २६ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको हो ।

उनी दुईजनाबाट ३१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका हुन् । इजरायलको एग्रिकल्चरमा जागिर हुने र प्रत्येक महिना १ लाख ९० हजार तलब हुने भन्दै प्रलोभन देखाएका थिए ।

उनले जनही १८ लाख रुपैयाँ खर्च लाग्ने भन्दै दुईजना पीडितबाट ३१ लाख रुपैयाँ लगेको खुलेको प्रहरीले जनाएको छ ।