नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सिंं.नं ५० पदक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा प्रशिक्षार्थीलाई आयुक्त पद प्रदान गरे।
उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि प्रधानमन्त्री प्रचण्डले दिए । उक्त कार्यक्रममा उनले सैनिक भ्यानमा सवार भएर कवाज कार्यक्रमको अवलोकन गरे।
