२०७९ को संगीत क्षेत्र  : फर्केर हेर्दा जेदेखियो

२९ चैत्र २०७९, बुधबार १६:२०

२०७९ का लागि नेपाली संगीत क्षेत्र लयमा फर्किएको रुपमा रह्यो । कोरोनाको महामारीपछि नेपाली संगीतीक क्षेत्र पुर्ण रुपमा लयमा फर्किएको छ ।  स्टेज कार्यक्रमदेखि रेकडिङ र म्युजिक भिडियो पनि पुर्ण रुपमा लयमा फर्किएको छ ।

म्यजिक भिडियो पनि उतिकै  रुपमा निर्माण भए । साथै यो बर्ष नयाँ नयाँ प्लेटफम मार्फत  नेपाली गित संगीतले प्रस्तुत गर्ने मौका  पाए  । कोरोना को करहले गर्दा दुई बर्ष सम्म स्टेज कार्यक्रम ठप्प भएर स्टुडियोमा मात्रै सिमित भएको बेला यो बर्ष भने पूर्वदेखि पश्चिम सम्म आयोजना भएको मेला , महत्सव तथा स्टेज कार्यक्रमहरुले गायक तथा गायीकालाई भने निकै भ्याइनभ्याइ नै भयो ।
२०७९ साल भने स्टेज कार्यक्रमकै वर्ष बन्यो । वर्षको सुरुवातसँगै देश विदेशमा हुने कन्सर्टमा गायक(गायिकालाई भ्याइनभ्याइ भयो ।

सुदूरपश्चिमको बैतडीका दशरथचन्द नगरपालिकामी जन्म्या  गायक, सङ्गीतकारका  तिलक सिंह पेलाले लिएर आएको ”के लत बस्यो” गजलले संगित क्षेत्रलाई नै ततायो । यो गजल टिकटकमा पनि निकै ट्रेन्डिङ मा आएको थियो । एक प्रकारले जनमानिसमा गजल पनि चल्ने रहेछ भन्ने प्रभाव बढेको छ ।

 

लोक फ्युजन शैली

२०७९ सालमा सुगम संगीत, लोक तथा दोहोरी, पप, र्‍याप, फिल्मी सबै प्रकारका गीत सार्वजनिक भए । यद्यपि सबैभन्दा बढी रुचाइएको जनरामा लोक फ्युजन शैली रह्यो । उर्गेन दोङ र अनु चौधरीको ‘लजालु लजालु’, सन्तोष सुनारको ‘छमक छमक’, हिमाल सागर र अनु चौधरी स्वरमा रहेको ‘ए होर माया’, सुनिल गिरीको ‘जुम्ला’ सर्वाधिक रुचाइएका लोक फ्युजन शैलीका गीतमध्येमा परे ।

समग्रमा यस वर्ष संगीत क्षेत्र औसत रह्यो । ‘यस वर्ष सांगीतिक क्षेत्रमा देखिनेगरी नयाँ गायक(गायिकाको उदय भएन, पुरानै कलाकारहरुको उपस्थिति धेरै रह्यो । नोटेबल गीत खासै आएनन्, ।

यसैगरी लोकगीत अघिल्ला वर्षजस्तै यस वर्ष पनि सदावहार रुपमै रुचाइयो । लोक तथा दोहोरीगीततर्फ प्रकाश सपुत, प्रकाश दूतराज, पशुपति शर्मा, शान्तिश्री परियार, विष्णु माझी, विमल परियार, पूर्णकला बिसीलगायत गायक(गायिका चर्चामा रहे ।

प्रकाश सपुतले निशा सुनारसँग मिलेर गाएको ‘नभन विदेशी’ गीत युट्युबमा निकै रुचाइयो भने प्रकाश दूतराजले मेलिना राईसँग गाएको ‘जूनमाया’ तथा शान्तिश्री परियारसँग गाएको ‘मन भुल्छ’ निकै चर्चामा रहे । पशुपति शर्माका ‘फाटेको मन’ र ‘जन्तै जाम्ला’ पनि मन पराएका गीतमा परे ।

यी गीतले युट्युबमा राम्रो भ्युज बटुल्न सफल भए । विमल परियार र शान्तिश्रीको ‘कहाँको माया’, राजु केडी र पूर्णकला बिसीको स्वरमा रहेको ‘फूल मायामा नभुल’ गीत पनि चर्चामा रहे । हरिवंश आचार्य र शान्तिश्रीको स्वरमा रहेको ‘काउली’ गीत पनि यस वर्ष रुचाइएको गीतमा पर्‍यो ।

नेपाली फिल्मका गीतमा पनि यस वर्ष लोकशैलीकै गीतको दबदबा रह्यो । यस वर्षको हिट फिल्म ‘छक्कापञ्जा ४’ मा समावेश ‘दर्शन सलाम’ र ‘सिरुपाते जुँगामा’ दुवै गीत लोकशैलीका थिए । यी दुवै गीत सर्वाधिक रुचाइएका गीतमध्येमा पर्न सफल भए । यसैगरी कबड्डी ४ को ‘केशरी’, बाबरीको ‘बाबरी रंग’ चर्चामा रहे ।

यस वर्ष शिव परियार, प्रमोद खरेल, मेलिना राई, प्रकाश सपुत, पशुपति शर्मा, अस्मिता अधिकारी, रचना रिमाल, एलिना चौहान, शान्तिश्री परियार, अनु चौधरी, प्रकाश दूतराज लगायत कलाकार स्टेजमा निक्कै व्यस्त बने । रामकृष्ण ढकाल, राजेशपायल राई, यम बराल, प्रविशा अधिकारी, मिलन नेवार पनि स्टेजमा निकै व्यस्त बने । यसैगरी नेपथ्यलगायत देशका मुख्य सांगीतिक ब्याण्ड देशदेखि विदेशसम्मको कन्सर्टमा वर्षैभर व्यस्त रहे । र्‍यापरहरु भिटेन, लाउरेको पनि स्टेजमा निकै माग भयो ।

कोरोना महामारी नियन्त्रण भएर जनजीवन सामान्य बन्दा यसको प्रत्यक्ष फाइदा गायक(गायिकालाई त भयो नै, गीत(संगीत निर्माणको क्रम बढ्दा गीतकार, संगीतकार, रेकर्डिस्ट, म्युजिक भिडियो निर्माता(निर्देशकलाई पनि फाइदा पुग्यो ।

सिक्वेल मौलायो

यस वर्ष गीतको सिक्वेल बनाउने क्रम बढ्यो । यद्यपि गीतको भाव र सिलसिलाभन्दा पनि शीर्षकमा सिक्वेल राख्ने क्रमले तीव्रता पायो । १९ वर्षपछि गायक बाबु बोगटी सान्नानीको सिक्वेल ‘सान्नानी(२ स् एकानी दुवानी तिनानी’ लिएर आए । उर्गेन दोङ र अस्मिता अधिकारीको स्वरमा ‘टाढा भए पनि २’ सार्वजनिक भयो । सुनिल गिरीले आफ्नो हिट गीत देउराली शीर्षकमै ‘देउराली भञ्ज्याङ’ ल्याए भने ‘धोकेवाज’को सफलतापछि गायक शिव परियारको स्वरमा ‘धोकेवाज रैछौ माया’ सार्वजनिक भयो ।

टिकटक युग

अघिल्ला वर्षहरुमा गीत हिट हुनुको मापन युट्युब भ्युजमा गरिन्थ्यो । तर अहिले गीत कति चल्यो भन्ने कुरा कति टिकटक भिडियो बने भन्नेमा हुन थालेको छ ।