राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफनी श्रीमती निकिता लामिछाने पौडललाई त्याग्न मेडिकल ब्यवसायी दुर्गा प्रसाईले सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा प्रसाईले लामिछानेको कोर टिमका सदस्यहरुको नाम सार्वजनिक गर्दै त्यो टिममा रहेकी निकितालाई त्याग्न सुझाव दिएका छन् ।उनले रवि लामिछानेलाई सुध्रिन पनि सुझाएका छन् । घुस प्रकरणमा चर्चामा आएका सांसद ढाकाकुमार श्रेष्ठ पात्र मात्रै भएको भन्दै प्रसाईले आफनो कोर टिममा भएका तीनै जनालाई त्याग्न भनेका छन् ।
‘रवि लामिछाने भाईलाई म के भन्छु भने, तपाई सुध्रिनोस र तपाईले तपाईकी श्रीमतीलाई आजै त्याग्नोस। तपाईका यी दुईटालाई त्याग्नोस। ढाकाप्रसाद भनेको एउटा पात्र मात्रै हो। वहाँहरुको कोर टिम भनेको के हो भने, आज मैले खोल्दिन्छु भनेको थियो नी’ उनले भनेका छन्–‘दिपक बोहोरा, वहाँको कोर टिम। डोलप्रसाद अर्यालय, सहमन्त्री भएको मान्छे। अनि निकिता लामिछाने पौडेल। दिपक बोहोरा, निकिता पौडेल लामिछाने। वहाँहरुको कोर टिम यो रछ। हो, सवैको कोर टिम हुन्छ।’
प्रसाईले अघिल्लो दिन रवि लामिछानेलाई पनि घुस्याहाको आरोप लगाएका थिए। रवि लामिछानेले न्युज ट्वान्टि फोरमा काम गर्दा देखिनै आफुसँग पैसा माग्न थालेको प्रसाईले खुलासा गरेका छन्। ‘तपाईहरुले पत्याउनु भएन त्यतिखेर। मसँग पहिला त्यतिखेर २५ लाख रुपैयाँ मागेको। न्यूज ट्वान्टि फोरबाट सिधा कुरा की के कुरा चलाउँदा खेरी त्यतिखेरको कुरा’ उनले भनेका छन्–‘त्यतिखेर अडियो टेप गर्ने चलन थिएन। म सिधा मान्छे। त्यहीबाट त मलाई खेदो गरेको त वहाँहरुले’
पुर्वमा रविका लागि पैसा उठाउने टिम सकृय रहेको उनले दावी गरे। ‘वहाँहरुको टिमै छ त पैसा माग्ने टिम। मैले भनेको त। नाम किन लिने अहिले, वहाँले न्युज ट्वाण्टी फोर छोडेपछि अहिले ग्यालेक्सीमा भाको छ। ग्यालेक्सी टिभिले भन्नु परोनी त। अस्ति यही केसमा आउँदाखेरी त रवि लामिछानेले ‘यहाँ टिभीमा आउनोस तपाई, हँ‘’ भनेर भन्थे त’ उनले भने–‘आज त्यो एउटा चमेराको जस्तो अनुहार गरेको भाई छ एक जना । बुरुक बुरुक उफ्री उफ्री भन्छन्। सोध्नु परोनी त वहाँको कुरालाई ।’
