चितवनको राप्ती किनारामा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ। आगो नियन्त्रणका लागि दमकल घटनास्थल पुगेको छ।
आगलागीको विस्तृत विवरण आउन बाँकी छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो । रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ ।
आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् ।
अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् ।
