
काठमााडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
