युट्युबबाट भिडिओ डिलिट गरेको भन्दै ग्यालेक्सी फोरकेबाट बाहिरिए युवराज कँडेल

२९ चैत्र २०७९, बुधबार १२:२८

युट्युबबाट भिडिओ डिलिट गरेको भन्दै ग्यालेक्सी फोरके टिभीबाट युवराज कँडेल बाहिरिएका छन् । मंगलबार फेसबुकमा एक पोस्ट राख्दै कँडेलले आफू ग्यालेक्सी फोरकेबाट बाहिरिएको जानकारी दिएका हुन् ।

ग्यालेक्सी फोरके टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम सिधा कुरामा कँडेल प्रस्तोताका रूपमा कार्यरत थिए । कँडेलका अनुसार उनको टिमले केही महिनाअघि एक उच्च सरकारी अधिकारीले महिला कर्मचारीमाथि गरेको हिंसाको विषय उठान गरेका थियो । उक्त रिपोर्टपछि मन्त्रिपरिषद्ले ती सरकारी अधिकारीलाई बर्खास्तको निर्णय गरेको थियो ।

”उनको (सरकारी अधिकारी) पावरले त्यसको नौ महिनापछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिएछ, कँडेलले फेसबुक पोस्टमा लेखेका छन्य,सलाई सच्याउने प्रयास नै भएन । कार्यक्रमको मूल्य र मान्यता माथि नै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको छु ।”

यसअघि उक्त कार्यक्रमको प्रस्तोता रहेका रवि लामिछानेले असार २ गते ग्यालेक्सी फोरके टिभी छोडदै ‘उत्तराधिकारी’ का रूपमा युवराज कँडेललाई कार्यक्रम चलाउन दिएका थिए ।