वाणिज्य विभागले पायो नयाँ महानिर्देशक

२८ चैत्र २०७९, मंगलवार २०:०७

रिक्त रहेको डेढ महिनापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ महानिर्देशक पाएको हो ।

यसअघि मधेश प्रदेशमा रहेका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई सरकारले सोमबारदेखि विभागको जिम्मेवारी सुम्पिएको हो ।

१५ फागुनमा तत्कालीन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तत्कालीन महानिर्देशक महेश भट्टराई लाई सरुवा गराएका थिए । ठूला व्यावसायिक घरानाका व्यवसाय माथि अनुगमन गरेको, पोस्ता दानाको कोटा खुलाउन विभागबाट असहयोग गरेको आरोप लगाउँदै मन्त्री भण्डारीले उनको सरुवा गराएका थिए ।

त्यसयताका डेढ महिना विभाग नेतृत्वविहीन थियो । अर्धन्यायिक अधिकार भएको विभाग नेतृत्व विहीन हुँदा बजार अनुगमनदेखि विभागका दैनिका कार्य नै प्रभावित भएको थियो ।