रबिका उत्तराधिकारी कँडेलले किन छाडे ‘सिधा कुरा’ ?

२८ चैत्र २०७९, मंगलवार १६:४१

‘सिधा कुरा’ टेलिभिजन कार्यक्रमका प्रस्तोता युवराज कँडेलले टेलिभिजन छोडेको घोषणा गरेका हुन्।

कँडेलले मंगलबार फेसबुकमार्फत ग्यालेक्सी फोर के टेलिभिजन छोडेको जानकारी दिएका हुन्।

ग्यालेक्सी फोर के टेलिभिजनबाट प्रसारित हुने ‘सिधा कुरा’ नामक टेलिभिजन कार्यक्रम कँडेल चलाउनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चलाउने गरेका थिए।

रबिले सो कार्यक्रम छोड्दा कँडेललाई जिम्मेवारी दिएका थिए।