गायक तथा युवा उद्योमि आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको ‘सपनाको घर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियो प्रेम कथामा आधारीत छ । जेनेसिस इभेन्टस्को पहिलो प्रस्तुति रहेको
म्यूजिक भिडियोमा नायिका नम्रता सापकोटा र नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ ।
म्यूजिक भिडियोको निर्देशन नारायण प्रधानले गरेका हुन । भिडियाको छायांकन इलाम, झापा लगायतका स्थानमा गरिएको छ । म्युजिक भिडियो रोशन मर्हजन र अनिष तामाङले खिचेका हुन् । म्यूजिक भिडियोमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।
