श्रीमानले क्रूरताको हद नाग्दै अप्राकृतिक सम्बन्ध राखेको आरोप लगाउँदै भारतमा एक महिलाले मुद्दा दर्ता गरेकी छिन् ।
उनिहरुको अलिगढमा १३ वर्षअघि विवाह भएको बताइन् । उनी श्रीमानसँग लाइनपर क्षेत्रमा भाडाको घरमा बस्दै आएकी छिन् ।
विवाहपछि श्रीमानले कुटपिट गरेको महिलाको आरोप छ । श्रीमानले अप्राकृतिक तरिकाले सम्बन्ध राख्ने गरेको उनले बताएकी छिन् ।
पतिको विस्तारै क्रूरताको हद नाघ्यो र पत्नीले विरोध गर्दा सुतिरहेको अवस्थामा घाँटी थिचेर ज्यान मार्ने प्रयास गरिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण गराउनुका साथै श्रीमान् योगेश कुमारविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।
