प्रतिनिधि सभा र प्रदेश सभाका सदस्य संख्या कटौती गर्नुपर्छः सांसद देवकोटा

२७ चैत्र २०७९, सोमबार १६:२८

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यको संख्या घटाउनु पर्ने बताएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाकोे बैठकमा उनले, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको संख्या कटौती गर्नु पर्ने र निर्वाचन क्षेत्र निर्धारणको आधार समेत परिर्वतन गर्नु पर्ने बताए । उनले भने ‘२७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको संख्या धेरै भयो । ठुलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमा खासै समस्या पदैन् ।’
त्यस्तै उनले निर्वाचन क्षेत्र निर्धारणप्रति गम्भिर असहमति जनाएका छन् । काठमाडौंमा १० निर्वाचन क्षेत्र धेरै भएको उनको विश्लेषण छ ।