ढाकाको सचिवालय भन्छ अडियो वास्तविक होइन, नियोजित रूपमा रचिएको षडयन्त्र हो

२७ चैत्र २०७९, सोमबार १०:३५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको सचिवालयले सार्वजनिक भएको अडियो वास्तविक हुन नस्कन्नेन दावी गरेको छ।

सचिवालयले विज्ञप्ति जारी गर्दै झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भनेर फोन कुराकानीको अडियो वास्तविक नभएको दावी गरेको हो।

‘सो सम्वादमा बोलेका अभिव्यक्तिहरू डा.ढाकाकुमार श्रेष्ठको नभएको र सो आवाज सम्पादन गरी नियोजित रुपमा मा डा.ढाकाकुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षड्यन्त्र हो,’ श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

श्रेष्ठको सचिवालयले उक्त अडियो सार्वजनिक गर्ने मिडिया (सञ्चारमाध्यम)लाई विद्युतीय ऐन २०६४ अनुसार कडाभन्दा कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसमेत गरेको छ।

अडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको हो।

रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ। यसैगरी, पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा.श्रेष्ठलाई निर्देशनसमेत दिएको छ।

प्रेस विज्ञप्तिः