
काठमाडौँ । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण आइसकेको छैन ।
दुर्घटनामा परेको हेलिकोप्टर सामान लिएर बेसक्याम्प पुगेको भनिएको छ । तर, यथार्थ विवरण लिने प्रयास भइरहेको गौतमले बताए ।
