देशभर कुन ठाउँमा कति पुग्यो तापक्रम ? थाहा पाउनुस्

२६ चैत्र २०७९, आईतवार ०७:२९

मौसम सफा हुन थालेसँगै तापक्रम बढ्न थालेको छ । तापक्रम बढ्दा गर्मी बढेको छ । लगातारजसो पानी पर्दा चैत महिनाको मध्यममा पनि चिसो भएको थियो । तर, केही दिनयता मौसम खुलेर घाम लाग्न थालेसँगै गर्मी हुन थालेको छ ।

हिजो भैरहवाको अधिकतम तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको थियो । यस्तै, जनकपुरको ३६.८, सिमराको ३५.४, नेपालगञ्जको ३५.२, दीपायलको ३३.८, धनगढीको ३३.५ डिग्री सेल्सियस पुगेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम भने हिजो २९ डिग्री सेल्सियस थियो । आज पनि यही हाराहारीमा पुग्ने अनुमान गरिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज सामान्यतया मौसम सफा नै रहने अनुमान छ।

पहाडी क्षेत्रमा बेलुकीपख आंशिक बदली भएर एक दुई ठाउँमा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।