
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक रुपमा चिकित्सक पाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले डा.अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजक नियुक्त गरेको हो ।
क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीको मेडिकलसम्बन्धी सम्पूर्ण विषयको सहजीकरण गर्ने उद्येश्यले डा. सिंहलाई मेडिकल संयोजक नियुक्त गरिएको हो ।
राष्ट्रिय क्रिकेट टोलीका लागि चिकित्सक नियुक्त भएपछि खेलाडीको मनोबल थप बढ्ने क्यानले जनाएको छ ।
नियुक्तिपछि डा. सिंहले आफ्नो अनुभवलाई राष्ट्रिय क्रिकेट टोलीका लागि भरपुर सदुपयोग गर्ने बताए ।
