
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
शुक्रबार विहान नेता कोइराला मिनेन्द्र रिजाल संगै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारका् विषयमा कुराकानी भएको हो । उनले भने, ‘प्रधानमन्त्रीले कांग्रेस र जसपाले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेकाले पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन भन्नुभयो ।’
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने बताएका थिए । यस्तै नेता कोइरालाले जनमतका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग राखेका थिए । सभापति देउवाले आफ्नो समूहलाई दुई मन्त्रालयको मात्र प्रस्ताव गरेपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाको भनाइ थियो ।
