भारतमा तीब्र गतिमा बढ्यो कोरोना, एकैदिन साढे चार हजार संक्रमित, १५ जनाको मृतु

२२ चैत्र २०७९, बुधबार १२:०१

भारतमा कोरोना संक्रमणले फेरि तीब्र गति लिएको छ । गएको २४ घन्टामा मात्रै साढे चार हजार संक्रमित फेला परेका छन् । यो साढे पाँच महिना यताकै सर्वाधिक संख्या हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ४ हजार ४ सय ३५ संक्रमित थपिँदा सक्रिय संक्रमितको संख्या बढेर २३ हजार ९१ भएको छ ।

यस्तै भारतमा एकैदिन १५ जना संक्रमितको मृत्यु भएको छ । दैनिक संक्रमणदर बढेर ३.३८ प्रतिशत पुगेको छ ।