काठमाडौंमा अर्को मिटरब्याज पीडितको टोली (तस्वीरहरु)

२० चैत्र २०७९, सोमबार १५:००

आ–आफ्नो समस्या समाधानको माग लिएर मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको छ ।

मिटरब्याज पीडितहरुको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको २ दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाडौं आएको हो ।

 

यो टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् ।

यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति भएको दाबी पीडितहरुको छ । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरु हिँडेर माइतीघरतर्फ जाँदैछन् ।