रामेछापको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । रामेछापको शैलुङलगायत उच्च भू–भागमा बाक्लो हिमपात परेको परेको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए।लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित भएका छन् । हिमपात भएसँगै शैलुङ्गमा हिउँ खेल्न आउनेको सङ्ख्या बढेको स्थानीयले बताएका छन् ।
हिउँ परेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको शेर्पाले बताए। रामेछाप र दोलखाको संगमस्थल शैलुङ्ग पछिल्लो समयमा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।
प्राकृतिक स्रोत साधनको भरपुर उपभोग गरेर शैलुङको पर्यटनको विकास गर्नुपर्ने स्थानीयको भनाई छ।
तस्बिर सौजन्य दावासाङ्बु शेर्पा
