शीतल निवासमा शपथका लीन दौरा सुरुवाल र माला लगाएर निवासबाट निस्किए डा. महत

१७ चैत्र २०७९, शुक्रबार १५:०५

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत मन्त्रीको शपथ लिनका लागि दौरा सुरुवाल, कोट र माला लगाएर निवासबाट निस्किएका छन् । नेता महत शीतल निवास प्रस्थान गर्नका लागि बाँसवारीस्थित निवासबाट निस्किएका हुन् । कांग्रेसको सिफारिशमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले डा. महतको नाम अर्थमन्त्रीका रूपमा राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

राष्ट्रपतिबाट मन्त्री नियुक्ति हुन बाँकी छ । आजै दिउँसो ३ बजे शपथ गराउने गरी शीतल निवासमा तयारी भइरहेको छ ।प्रधानमन्त्रीले २१ जनाको नाम राष्ट्रपतिलाई बुझाएको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले लोकान्तरलाई जानकारी दिएका छन् ।