सर्लाहीको सीमावर्ती गाउँबाट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं मूल्य बराबरको कपडा बरामद गरेको हो । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मलंगवा नगरपालिका–४ खुटौनाबाट शुक्रबार बिहान प्रहरीले लाखौं मूल्यका कपडा बरामद गरेको हो ।
राति राति भन्सार छली कपडा ल्याएको सूचना पाएका प्रहरीले सीमामा रहेको एक घरमा खानतलासी गर्दा उक्त कपडा फेला पारेको हो । बरामद गरिएका कपडामा कुर्था, सुरुवाल, सारी, धोती तथा बच्चाको कपडा रहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भारतबाट भन्सार छली ल्याइएका कपडा जिल्ला भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको बताए ।
नेपाल भारत सीमामा पछिल्लो समय कडाइ गरिएपछि तस्करहरुले प्रहरीको आँखा छल्न राति राति कारोबार गर्न थालेक छन् । बिहीबार मात्र बलराबाट भारतलान लागेको २० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
