नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी हुुन् ।
पार्टीले पाएको एक सिटमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले बताए ।
उनकाअनुसार रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने टुंगो लागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तार तयारी गरेका छन् ।
प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद छन् ।
