पाँच हजार धरौटी नबुझाएपछि ३ युवाहरु जेल चलान

१३ चैत्र २०७९, सोमबार १६:२८

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने क्रममा पक्राउ परेका युवाहरु जेल चलान भएका छन् ।

पक्राउ परेका उनीहरुले ५ हजार रुपैयाँ धरौटी नबुझाएपछि कारागार चलान भएका हुन् । उनीहरुलाई गत मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई डिल्लीबजार कारागारमा राखिएको काठमाडौं प्रहरी परिसर स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले मुख थुन्दै बझाङका विप्लव खड्का, सोलुखुम्बु्का उद्धब बस्नेत र बाग्लुङका सोम शर्मालाई पक्राउ गरेको थियो ।

आइतबार जनही ५ हजार धरौटीमा उनीहरुलाई छाड्ने आदेश गरेपनि धरौटी नबुझाएपछि जेल चलान गरेको काठमाडौं जिल्ला प्रशासन प्रमुख घनाश्याम उपाध्यायले बताए ।