पदम लिम्बू घटना बारे छानबिन गर्न सरकारले समिति बनाउने

११ चैत्र २०७९, शनिबार १६:४७

पदम लिम्बू घटना बारे छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ।
उनको कोशी प्रदेश नामकरणको विरोधका क्रममा गत चैत ५ गते भएको घटनामा लिम्बूको मृत्यु भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले यस्तो निर्णय गरेको हो। विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू लाजेहाङको शुक्रबार बिहान मृत्यु भएको थियो।

धरान उपमहानगरपालिका १५ बस्दै आएका ४२ वर्षीय लिम्बू नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घरैमा उपचाररत रहेका उनी बुधबार राति रिंगटा चलेर बान्ता गरेपछि बीपी प्रतिष्ठान पुर्‍याइउको थियो। त्यहीँ उनको निधन भएको थियो।