दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

८ चैत्र २०७९, बुधबार २२:०८

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

उक्त ट्रकमा ४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । नेपालगन्जबाट दैलेख जादै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा बुधबार विहान सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किसोर लम्सालले जानकारी दिए