बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

८ चैत्र २०७९, बुधबार १९:०६

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको हो । बैठकमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी छन् ।