राजेन्द्र लिङ्देनको प्रधानमन्त्रीलाई चुनौति: मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्

८ चैत्र २०७९, बुधबार १०:२८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुख थुनेर होइन, बन्दुक तेर्स्याए पनि आवाज नथुनिने बताएका छन्।

मंगलबार सरकारको विरोधमा उत्रिएकाहरुको प्रहरीले मुख थुनेको प्रसंगमा उनले प्रचण्डलाई यस्तो चुनौती दिएका हुन्। ‘हामीले गणतन्त्र ल्यायौं, संघीयता ल्यायौं, धर्मनिरपेक्षता ल्यायौं र त सबैले बोल्न पाएका छौं भन्नुहुने क।प्रचण्ड( हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’ उनले भनेका छन्।

उनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन आग्रह गरेका छन्। जुन सम्भव पनि रहेको उनको भनाइ छ।

उनले थपे, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्। जो तपाईं स्वयंलाई सबैभन्दा राम्रो थाहा छ ।’