हिमपात र हिउँदे वर्षा बन्यो आलु खेतीमा निर्भर किसानका लागि राहत

८ चैत्र २०७९, बुधबार ०७:४७

उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षा भएसंगै आलु रापेका किसानहरु खुसी भएका छन् । थियो ।

आलुमा मुना पलाउने बेलामा ढिलो गरी उच्च हिमाली क्षेत्रमा हिमपात र हिउँदे वर्षा भएपछि आलु खेतीमा निर्भर किसानले केही राहत महसुस गरेका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षा नभएसम्म आलु रोपिँदैन । तर यो वर्ष समयमा हिमपात र वर्षा नभएपछि किसान निराश बनेका थिए । मेलङ गाउँपालिका–५ डाँडाखर्कका मानबहादुर मगर लामो खडेरीका कारण रोपेका आलु नउम्री डढेर जान लागेपछि निराश बनेका थिए । ढिलै भए पनि सामान्य हिमपात र हिउँदे वर्षाले उनीमा खुसी भएका छन् । बारीमै डढ्न लागेका आलुमा हिउँदे वर्षाले मुना फस्टाउने भएकाले केही राहत महसुस गरेको उनले बताए ।

पुस अन्तिम सातादेखि माघ अन्तिमसम्म उच्च हिमाली क्षेत्रमा आलु रोप्ने गरिन्छ । हिमाली क्षेत्र ३ हजार ७ सय हेक्टरको आलु खेती हुन्छ । वार्षिक ३५ देखि ४० हजार मेट्रिक टन आलु निकासी ८० करोडभन्दा बढी रकम जिल्ला भित्रिने गरेको छ । १० हजार किसान आलु खेतीमा निर्भर छन् । ‘आलुको मुना पलाउने बेलामा ढिलो गरी भए पनि वर्षा भयो,’ मगरले भने, ‘बारीमै आलु डढेर नष्ट होला जस्तो लागेको थियो । वर्षाले केही राहत दिएको छ । आलुका मुना सप्रने बेलामा पानी परेको छ ।’

हिमपात र हिउँदे वर्षा भएपछि आलु खेतीमा निर्भर किसानहरुको निराश आशामा बदलिएको छ।