जनादेश अनुसार तीन जना प्रधानमन्त्री हुने बिमलेन्द्र निधिको दाबी

७ चैत्र २०७९, मंगलवार १८:५३

नेपाली कांग्रेसका नेता तथा सांसद्‍ बिमलेन्द्र निधिले आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका छन्।

मंगलबार सप्तरीको कंचनरुप नगरपालिकामा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका हुन्।

यस्तै, उनले अबको पाँच वर्ष संसद्‍ विघटन नहुने तर जनादेश अनुसार तीन जना प्रधानमन्त्री हुने दाबी गरे। नेता निधिले केन्द्रमा सरकारले पूर्णता पाएसँगै सातवटै प्रदेशमा गठबन्धनको सरकार निमार्ण हुने टिप्पणी गरे।