युवराज सफलले रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा दिए उजुरी, लेख्छन् यस्तो

७ चैत्र २०७९, मंगलवार १४:५५

राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई अख्तियारको दुरुपयोग गर्दै राहदानी दुरुपयोगको मुद्दामा उन्मिुक्ति दिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सिन्धुलीका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका उजुरी दर्ता गराएका हुन् ।

उनले शक्तिमा रहेका ती निकायका प्रमुखले आफ्नो अख्तियारको दुरुपयोग गरी रविलाई उन्मुक्ति दिएको दाबी गर्दै उन्मुक्ति दिनेहरुलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन रविलाई राहदानी दुरुपयोग मुद्दामा सफाई दिएको आरोप लगाएका छन् । अमेरिकी नागरिकता कायम रहेकोबेला नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएकोले रविले राहदानीको दूरुपयोग गरेको तर उनलाई उन्मुक्ति दिएको आरोप लगाएका छन् ।

उनले रविलाई आफू पुनः सर्वोच्च अदालत जाने समेत बताएका छन् ।

यस्ताे छ उजुरी