प्रधानमन्त्री प्रचण्डलाई किन ओलीले यस्तो आरोप लगाए ?

७ चैत्र २०७९, मंगलवार १०:०२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन्।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए। अध्यक्ष ओलीले पार्टीमा प्रचण्ड जंगबहादुर झैँ रहेको समेत बताए।

उनले प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए। यस्तै प्रधानमन्त्री प्रचण्डले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको उनले बताए।

अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पाए । उनले गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिको बताए।

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरे ।