नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङ र हावाहुरी अनि असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने जनाइएको छ ।
