नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारले छिटोभन्दा छिटो पूर्णता पाउने बताएका छन्।
सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपमहासचिव शर्माले प्रधानमन्त्रीले गरेको प्रतिबद्धताहरु द्रुत गतिमा कार्यान्वयन हुने बताए। त्यस्तै, उपमहासचिव शर्माले शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरुको गठबन्धन भएकाले अहिलेको सत्तारुढ गठबन्धन प्राकृतिक गठबन्धन भएको बताए। गठबन्धन संसदको पूर्ण कार्यकालसम्मै अगाडि बढ्ने उनको भनाइ छ।
उनले भने, ‘आजभोलि सरकार निर्माणबारे छलफल हुन्छ र छिटोभन्दा छिटो सरकारले पूर्णता पाउँछ। कार्यविभाजन हुन्छ। त्यसपछि प्रधानमन्त्रीज्युले गर्नुभएका प्रतिबद्धताहरु द्रुत गतिमा कार्यान्वयनको दिशामा अगाडि बढ्छ।
प्राकृतिक गठबन्धन भएको छ। शान्तिसम्झौताका हस्ताक्षरकर्ताहरु पक्षधरहरुको गठबन्धन हो। निर्वाचनमा पनि बनेको गठबन्धन थियो। त्यो गठबन्धन स्वभाविक रुपले अगाडि बढेको छ। संसदको पूर्ण कार्यकाललाई अगाडि बढाउँछ।’
