एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने कुरा छैन: गोकर्ण विष्ट

६ चैत्र २०७९, सोमबार २०:०१

नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भए पनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले जनताको हितमा पार्टीले भूमिका निर्वाह गर्ने र सरकारलाई सोहीअनुरुप दबाब दिने बताए।

उनले भने, ‘एमाले सरकारमा रहेको अवस्थामा राष्ट्र र जनताको हितमा कामहरु सम्पादन गर्ने, कार्यान्वयन गर्नेगरी भूमिका निर्वाह गर्छ। सरकारबाहिर रहेको अवस्थामा पनि राष्ट्र र जनताको हितमा नै मुद्दा उठाउँछ, सरकारलाई दबाब दिन्छ। जनताका हितका लागि भूमिका निर्वाह गर्छ। एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने कुरा छैन।’