आज मुलुकभर वर्षा हुने सम्भावना रहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन सहित वर्षा हुने सम्भावना छ। केही स्थानमा चट्याङ पर्न सक्ने समेत महाशाखाको अनुमान छ।तराईका भूभागमा पनि वर्षा हुने सम्भावना छ।
सोमवार राती पनि मुलुकभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थान तथा तराई भूभागका स्थानहरु मामेघगर्जन सहित क्षणिक देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
