नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनता समाजवादी पार्टीबाट राजीनामा लिएका छन् ।
स्वतन्त्र तथा संवैधानिक भूमिकाको पद मानिने राष्ट्रपति, उपराष्ट्रपति पदमा निर्वाचित भएपछि पार्टीको पदबाट राजीनामा दिने प्रचलनसँगै यादवले राजीनामा दिएका हुन् ।
