धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्जर हुदै

६ चैत्र २०७९, सोमबार ०७:२७

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्ज हुने भएको छ ।

यी दुई वित्तीय संस्थाहरुलाई एक आपसमा मर्ज गर्ने प्रस्ताव पारित गर्न (आज) सोमबारका लागि विशेष साधारण सभा बोलाइएको छ। धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बाग्लुङ्गमा बिहान १० बजे सभा बोलाएको हो भने खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो ।

सभाले यी दुबै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डिडिएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ ।