आखिर किन सरिता लामिछाने मोहन निरौला बिजयी हुँदा छमछमी नाचिन् ?

५ चैत्र २०७९, आईतवार ०९:४०

नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ३ बर्ष अगाडि कलाकार सरिता लामिछाने अर्का कलाकार रविन्द्र खड्कासँग पराजित भएकी थिइन् ।

सरिताको कलाकार संघको नेतृत्व लिने सपना सोही समयमा असफल भयो । यो पटक उनले कलाकार संघमा आउने चेष्टा नै गरिनन् । तर, शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार, अध्यक्ष पदमा मोहन निरौला बिजयी भए । मोहन निरौला बिजयी हुँदा निर्वाचन स्थलमा रौनक गज्जबको देखिएको थियो । धेरै, कलाकार त गीत गाउँदै नाँचेका थिए ।

नृत्य गर्नेमा कलाकार सरिता लामिछाने पनि थिइन् । उनले, अध्यक्ष पदमा मोहन निरौलाले जित्दा आफैले जिते जस्तो भएको भन्दै खुशी व्यक्त गरिन् ।
मोहनले जितेकोमा खुशी व्यक्त गर्दै सरिता छमछमी नाचिन् । उनलाई अन्य केही कलाकारले साथ दिएका थिए । सरिता छमछमी नाच्दा सदस्य पदमा बिजयी भएका कलाकार गोपाल ढकालले उनलाई जुरुक्कै बोकेका थिए ।